प्रत्यायोजन कार्यक्रम चाइल्डफन्ड जापानको प्रमुख र सबैभन्दा बृहत् कार्यक्रमहरू मध्ये एक हो, जसले बालबालिका र समुदायका आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने र ती आवश्यकताहरूको सम्बोधन गर्दछ । नेपालमा प्रत्यायोजन कार्यक्रम “बालबालिकाहरू शारीरिक, बौद्धिक, भावनात्मक र सामाजिक रूपमा विकसित हुन्छन्, उनीहरूको बाल्यकालको आनन्द लिन्छन् र बालमैत्री परिवार र समुदायको सक्रिय सदस्य बन्न तयार हुन्छन्” भन्ने बृहत् लक्ष्यका साथ कार्यान्वयन गरिएको छ ।
प्रत्यायोजन कार्यक्रमले प्रायोजकहरूको सहयोगमा उत्तरदायी बाल, परिवार तथा सामुदायिक विकास सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गरी विशेष गरी सङ्कटासन्न अवस्थामा रहेका बालबालिकाको जीवनमा सुधार ल्याई उनीहरूको बाँच्न पाउने अधिकार, संरक्षण, विकास र सहभागिताको अधकार संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । शिक्षा, स्वास्थ्य र पोषण, संरक्षण, आत्म-विकास, र पारिवारिक जीवनमा सुधार ल्याउन सहयोग गर्दछ । कार्यक्रमले विद्यालयमा बालबालिकाको उपस्थिति दर बढाउन, सिकाइ उपलब्धि सुधार गर्न र शिक्षाको महत्त्वबारे अभिभावकहरूबीच चेतना जगाउन यस कार्यक्रमले यो ठूलो योगदान पुर्याइरहेको छ ।
प्रत्यायोजन कार्यक्रमले सहयोग आवश्यक परेको बालबालिकालाई प्रत्यायोजकसँग जोडिदिन्छ, जसले गर्दा उनीहरूलाई मद्दत गर्न र उनीहरूलाई गुणस्तरीय जीवनको लागि सुधार गर्न सहज हुन्छ । प्रायोजनको यस यात्राले अनुसन्धान तथा मूल्याङ्कन गरी निरन्तर सिकाइलाई प्रवर्धन गर्दछ, साथै नवप्रवर्तन गरी बालबालिकाको व्यक्तिगत आवश्यकता अनुरूप बनाइन्छ । चाइल्डफन्ड जापान-नेपालले बालबालिका र प्रायोजकबीच प्रत्यक्ष सम्बन्ध गाँसिदिएर अन्तर-सांस्कृतिक बुझाइलाई प्रवर्धन गर्दछ ।