चाइल्डफन्ड जापान-नेपाल कार्यालय सन् २००६ मा स्थापना भएको हो । हरेक बालबालिकाको समग्र विकासको सुनिश्चित एवम् दिगो समाधान गरी बञ्चतिकरणमा परेका बालबालिका, परिवार र समुदायलाई सशक्तिकरण गर्न यो संस्था समर्पित छ ।
स्थानीय समुदायसँग साझेदारी एवम् बाल प्रायोजन सम्बन्धी मापदण्डको पूर्ण पालना गरेर, समुदायमा दिगो प्रभाव तथा उपलब्धी हासिल गर्न सबै कार्यक्रमहरूमा सुरक्षा र बालबालिकाको सक्रिय सहभागितालाई एकीकृत गर्ने बहुआयामिक दृष्टिकोण अवलम्बन गर्दछ।
सद्भभावपूर्ण सहअस्तित्वको भावनाले अन्तर्राष्ट्रिय विकास सहयोग मार्फत बालबालिकाको अधिकारको प्रवर्द्धन गर्ने ।
एक विश्वव्यापी समाज जसले प्रत्येक हरेक बालबालिकालाई उनीहरूको पूर्ण क्षमता विकास गर्ने अवसर सुनिश्चित गर्दछ ।
नयाँ विद्यालय भवन निर्माण सम्पन्न
हामी समुदायसँगको सहकार्यमा बालबालिकालाई विद्यालय र वक्तिगत जीवनमा सफल हुन आवश्यक पर्ने स्रोतहरु सुनिश्चित गर्छौं।
हामी नवीनतम रणनीतिहरू अपनाउदै, सहकार्यलाई बढावा दिदै र हामीले प्रभाव पार्ने क्षेत्रमा भएका चुनौतीहरूसँग लड्न आवश्यक समाधानका उपायहरू अवलम्बन गर्दै रूपान्तरणीय प्रभाव सिर्जना गर्न प्रयास गर्छौं । जब बालबालिकाका आधारभूत आवश्यकताहरू पूरा हुन्छ तब परिवर्तनको शुरुवात हुन्छ, उनीहरू शिक्षित हुन्छन्, तिनीहरू स्वस्थ भएर स्वस्थ घर र समुदायमा बस्छन्, साथै उनीहरूको परिवारको सुरक्षित जीविकोपार्जन हुन्छ भन्ने विस्वास गर्छौं ।
<p>Keep up to date with the ChildFund Japan Nepal Office initiatives and stories.</p>